४८ वर्षे ओली मृत फेला « Khabarhub

४८ वर्षे ओली मृत फेला


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनले शुक्रबार राति अत्यधिक मात्रमा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो ।

सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५/१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११/१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २६ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन