प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय | Khabarhub Khabarhub

प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने निर्ण गरेको छ ।

आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।

बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

‘प्रदेन नम्बर तीनको नाम बाग्मती राख्ने बारेमा सहमति भएको छ’ नेकपाका एक सचिवालय सदस्यले भने,‘राजधानी अहिले हटौंडामा छ त्यसलाई नचलाउने कुरा भएको छ ।’

राजधानीको वियषयमा विवाद देखिएपछि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

प्रदेश ३ मा नेकपाको बहुमत भएपनि दुई वर्षदेखि नाम र प्रदेश राजधानीको बारेमा सहमति जुट्न सकिरहेको थिएन ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ४० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार