मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार बिहान बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरी सकिएको छ ।

आइतबार बिहान बसेको बैठकको मुख्य एजेण्डाको रुपमा भावी सभामुखको नाम तय गर्ने र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको विषयलाई तय गरिएको थियो ।

तर, आइतबारको बैठकमा ‘गृहकार्य’ नपुगेको भन्दै उक्त विषयबारे कुनै निर्णय भएन । सभामुख चयनको विषयमा २ जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच नै सहमति हुन नसकेको जनाइएको छ ।

यस्तै, केही दिन अगाडि सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले एमसीसी सम्झौताको विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको थियो । आइतबारको बैठकमा एमसीसीको विषयले पनि प्रवेश नपाएको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना