मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक « Khabarhub

मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार बिहान बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरी सकिएको छ ।

आइतबार बिहान बसेको बैठकको मुख्य एजेण्डाको रुपमा भावी सभामुखको नाम तय गर्ने र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको विषयलाई तय गरिएको थियो ।

तर, आइतबारको बैठकमा ‘गृहकार्य’ नपुगेको भन्दै उक्त विषयबारे कुनै निर्णय भएन । सभामुख चयनको विषयमा २ जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच नै सहमति हुन नसकेको जनाइएको छ ।

यस्तै, केही दिन अगाडि सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले एमसीसी सम्झौताको विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको थियो । आइतबारको बैठकमा एमसीसीको विषयले पनि प्रवेश नपाएको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ४३ बजे

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६