सिड्नीमा प्रदर्शन गरियो पुष्प र साम्राज्ञीको ‘मारुनी’ « Khabarhub

सिड्नीमा प्रदर्शन गरियो पुष्प र साम्राज्ञीको ‘मारुनी’


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अस्ट्रेलियाको सिड्नीमा फिल्म ‘मारुनी’ प्रदर्शन गरिएको छ । शुक्रवार यहाँ भएका नेपालीमाझ फिल्मको प्रदर्शन गरियो ।

निर्माण टिमका अनुसार फिल्मले अस्ट्रेलियामा रहेका नेपालीको मन जितेको छ । फिल्मकी निर्मात्री पुनम गौतमले यो फिल्म हेर्न अपेक्षा गरेभन्दा बढी दर्शक आएको दाबी गरिन् ।

यता फिल्म अभिनेता पुष्प बहादुर खड्काले पनि सिड्नीको शोलाई दर्शकले माया गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

फिल्म प्रदर्शनका लागि अभिनेता पुष्प बहादुर खड्का, निर्मात्री पुनम गौतम लगायत अस्ट्रेलिया पुगेका थिए ।

निर्माण टिमले अस्ट्रेलियाका अन्य शहरमा पनि फिल्म देखाइने बताएको छ ।

नवल नेपालले निर्देशन गरेको यो फिल्ममा पुष्पका अलावा साम्राज्ञी शाह, रेविधका गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मले नेपालमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । यद्यपि फिल्म रिलिजअघि भने राम्रै चर्चा थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ३० बजे

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै