अवैध लागूऔषध पोलेण्ड सहित २ जना पक्राउ « Khabarhub

अवैध लागूऔषध पोलेण्ड सहित २ जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ३९ बजे

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत