देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, कंचनरुप नगरपालिका-४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु

झापा, दमक नगरपालिका-५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ५९ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८