विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह « Khabarhub

विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् ।

यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

उपसचिवको दरबन्दी रहेको दिपायल सिलगढी नगरपालिकामा करिव तीन वर्षदेखि सहायक वन अधिकृत भोजराज शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएपछि वन क्षेत्रको काम प्रभावित भएको नगरवासी बताउँछन् ।

त्यसैगरी उपसचिवको दरबन्दी रहेको शिखर नगरपालिका स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ । बेलाबेलामा स्वास्थ्य, शिक्षा, कृषिका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिँदै आएकामा हाल नगरपालिकाका शाखा अधिकृत धर्मराज विनाडीले दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यहाँका गाउँपालिकाको हालत पनि नगरपालिकाको जस्तै छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार, जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खड्का, केआइसिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

आदर्श गाउँपालिकामा शाखा अधिकृत सुरत परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा हरेक स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत’सम्बन्धी व्यवस्था रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोवार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको सरक्षण बेरुजु फछ्र्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी बहन गर्दा विषयगत शाखा प्रमुखलाई आफ्नो शाखाको काम भ्याइनभ्याइ तथा गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो गरेका छन् ।

स्थानीय तहमा नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिक्न सक्दैनन् ।

प्रमुख प्रशासकीय अधिकृतले कामभन्दा पनि नीति नियमको कुरा बढी गर्ने भएकाले आफूहरुलाई निमित्तसँग काम गर्न असजिलो हुने जोरायल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए ।

आवश्यक कर्मचारीको अभावमा गाउँपालिकाले अपेक्षितरुपमा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भइरहेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने केआइसिंह गाउँपालिकाका अगुवा समाजसेवी जगतबहादुर बलायर माग गरे ।

स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालित हुँदा स्थानीय तहमा भ्रष्टाचार संस्थागत हुन थालेको डोटी उद्योग वाणिज्य सँघका महासचिब दीपकबहादुर खड्काको जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : ०७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका