सुब्रतले ‘के घर के डेरा’ निर्देशन गर्ने « Khabarhub

सुब्रतले ‘के घर के डेरा’ निर्देशन गर्ने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म सुश्री सम्पत्ति निर्देशन गरेका सुब्रतराज आचार्यले फिल्म ‘के घर के डेरा’ निर्देशन गर्ने बताएका छन् ।

आचार्यका अनुसार यतिबेला फिल्मको स्किृप्टमै काम भइरहेको छ । फिल्मको स्किृप्ट चित्तबुझ्दो नभएसम्म फ्लोरमा नजाने उनले बताए ।

फिल्म निर्माणको औपचारिक घोषणा अझै गरिएको छैन । एक सामान्य मानिसको कथा फिल्ममार्फत देखाइनेछ ।

फिल्मको निर्माण ‘जात्रै जात्रा’ निर्माता सिंगे लामाले गर्नेछन् । यसअघि सुब्रतले अर्धकट्टीसुश्री सम्पत्ति गरी दुई फिल्म निर्देशन गरेका थिए ।

दुवै फिल्म व्यावसायिक हिसाबले असफल भएका थिए । यद्यपि म्युजिक भिडियो निर्देशनमा भने सुब्रत परिचित छन् ।

यसअघि पनि के घर के डेरा नामक फिल्म बनेको थियो । उक्त फिल्मलाई प्रदीप रिमालले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी