सुब्रतले ‘के घर के डेरा’ निर्देशन गर्ने « Khabarhub

सुब्रतले ‘के घर के डेरा’ निर्देशन गर्ने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म सुश्री सम्पत्ति निर्देशन गरेका सुब्रतराज आचार्यले फिल्म ‘के घर के डेरा’ निर्देशन गर्ने बताएका छन् ।

आचार्यका अनुसार यतिबेला फिल्मको स्किृप्टमै काम भइरहेको छ । फिल्मको स्किृप्ट चित्तबुझ्दो नभएसम्म फ्लोरमा नजाने उनले बताए ।

फिल्म निर्माणको औपचारिक घोषणा अझै गरिएको छैन । एक सामान्य मानिसको कथा फिल्ममार्फत देखाइनेछ ।

फिल्मको निर्माण ‘जात्रै जात्रा’ निर्माता सिंगे लामाले गर्नेछन् । यसअघि सुब्रतले अर्धकट्टीसुश्री सम्पत्ति गरी दुई फिल्म निर्देशन गरेका थिए ।

दुवै फिल्म व्यावसायिक हिसाबले असफल भएका थिए । यद्यपि म्युजिक भिडियो निर्देशनमा भने सुब्रत परिचित छन् ।

यसअघि पनि के घर के डेरा नामक फिल्म बनेको थियो । उक्त फिल्मलाई प्रदीप रिमालले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले