घुर ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु « Khabarhub

घुर ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– चिसोको समयमा घुर ताप्ने क्रममा लागेको आगोमा जलेर बरामा १ महिलाको मृत्यु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा भएको आगलागीका कारण जलेर मृत्यु भएको हो ।

तराईंका जिल्लामा चिसोबाट जोगिन घुर ताप्ने गरिन्छ । आफ्नै घर भित्र तथा घर बाहिर आगनमा खाल्डो खनेर गोबरका गुइठा, स–साना काठका टुक्रा तथा सुकेका स्याउला र पराल हालेर आगो ताप्ने गरिन्छ । जसलाई घुर ताप्नु भनिन्छ ।

शनिबार साँझ ७० वर्षीया साहले पनि घर अगाडि घुर बालेकी थिइन् । सोही घुरबाट कपडामा आगो सल्किएर घाइते भएकी साहको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको थियो ।

वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ५ : ३५ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार