मापदण्ड पूरा नगर्ने सिमेन्ट उद्योगसँग विभागले माग्यो स्पष्टीकरण « Khabarhub

मापदण्ड पूरा नगर्ने सिमेन्ट उद्योगसँग विभागले माग्यो स्पष्टीकरण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पूरा नगर्ने तीन वटा ठूला सिमेन्ट उद्योगलाई स्पष्टीकरण सोधेको छ।

विभागले चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट, वृज सिमेन्ट र युनाइटेड सिमेन्टसँग स्पष्टीकरण माग गरेको हो । विभागले होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा परीक्षणका क्रममा नभेटिएको जनाएको छ ।

वृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपीए र आईआर २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको पाइएपछि विभागले गुणस्तर नियमावली अनुसार १५ दिनको स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार युनाइटेड सिमेन्टमा पनि आइआर २ दशमलब ६ प्रतिशत रहेको छ। यो उद्योगलाई समेत गुणस्तर नियमावली अनुसार विभागले १५ दिने स्पष्टीकरण सोधिएको छ ।

सार्वजनिक लेखा समितिले सिमेन्टको गुणस्तरका बारेमा विभाग गम्भीर भएर काम नगरेको औल्याएको थियो । विभागले तीन उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाएपछि स्पस्टीकरण सोधेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ०४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप