चेम्बर भवनमा ३० फिट अग्लो भ्रमण वर्षको प्रवर्द्धनात्मक ‘लोगो’ अनावरण « Khabarhub

चेम्बर भवनमा ३० फिट अग्लो भ्रमण वर्षको प्रवर्द्धनात्मक ‘लोगो’ अनावरण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले ठूलो लोगो सहितको भ्रमण वर्षको प्रवर्द्धनात्मक आकृति अनावरण गरेको छ ।

चेम्बर भवन कान्तिपथमा करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवर्द्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृति अनावरण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल चेम्बर अफ कमर्समा उक्त प्रवर्द्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो अनावरण गरेका हुन् ।

लोगो अनावरण कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले मुख्य व्यापारिक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रवद्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा आफू गौरवान्वित भएको बताए । उनले पर्यटन प्रवर्द्धनमा चेम्बरले विगतदेखि गर्दै आइरहेको स्मरण समेत गरे ।

भविष्यमा समेत पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रवर्द्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भ्रमण वर्षको प्रवर्द्धनमा चेम्बर लगायत निजी क्षेत्रकाअन्य संघ संस्थाले पनि देशव्यापी रुपमा र अन्तर्राष्ट्रिय जगतमा समेत गरिरहेको जानकारी दिए ।

चेम्बरको पर्यटन कमिटीका सभापतितथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाख पर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ४१ बजे

आज २०८३ साल वैशाख २४ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २४ गते बिहीबार ।

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका