लोकसेवा आयोगको विधेयकमा सहमति « Khabarhub

लोकसेवा आयोगको विधेयकमा सहमति


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ ।

उक्त विधेयकका सम्बन्धमा दफावार छलफलका क्रममा सदस्यहरुले दिएको सुझावका आधारमा समिति सचिवालयले तयार गरेको प्रतिवेदनमाथि समितिको आजको बैठकमा सदस्यबीच सहमति कायम भएको हो ।

नेपालको संविधानको धारा २४३ मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन तथा सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्न सवैधानिक अङ्का रुपमा संविधानमा लोकसेवा आयोगको व्यवस्था गरिएको छ ।

त्यस्तै, सुरक्षा निकाय र अन्य संघीय निकायले कर्मचारीको बढुवा, विभागीय कारवाही गर्न वा निवृत्तिभरण पाउने पदमा नियुक्तिका लागि आयोगको परामर्श लिनुपर्ने सवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्थालाई थप प्रभावकारी तुल्याउन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनी व्यवस्था गर्न सरकारले संशोधन विधेयक अघि बढाएको हो ।

आयोगले बनाएको कार्यविधि अर्थमन्त्रालयबाट एक पटक स्वीकृत गराएपछि आवश्यकता अनुसार खर्च गर्न पाउने तथा परीक्षा सञ्चालन सम्बन्धमा तत्काल गर्नुपर्ने खर्चका सम्बन्धमा अर्थमन्त्रालयबाट अनुमति लिइरहनु नपर्ने विषयमा बैठकमा सहमति भएको छ ।

सरकारले आवश्यकता अनुसार प्रदेशका विभिन्न स्थानमा लोकसेवा आयोगका कार्यालय स्थापना गर्नसक्ने विषयमा पनि समितिमा सहमति भएको छ ।

समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले विधेयमाथिको छलफल टुङ्गिएको जानकारी दिए ।

उनले भने,“संघीय लोकसेवा आयोग भएको हुँदा अहिलेको संरचना अनुसार आयोगले गर्नुपर्ने कामको प्रकृति र जिम्मेवारी थपिएको हुँदा कार्यबोझका आधारमा कतिवटा कार्यालय रहने विषय आयोग र सरकारको परामर्शमा होस् भनेका छौं । आर्थिक स्वायत्तता दिनुपर्छ भन्नेमा पनि केही हदसम्म सहज भएको छ ।”

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : १५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा