शैक्षिक शुल्क बढाएको विरोधमा विद्यार्थीद्वारा कलेजमा तोडफोड « Khabarhub

शैक्षिक शुल्क बढाएको विरोधमा विद्यार्थीद्वारा कलेजमा तोडफोड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शैक्षिक शुल्क बढाएको विरोधमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले कुनै परामर्शविना नै एकतर्फी शुल्क बढाएको भन्दै कलेजमा तोडफोड गर्नुका साथै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् ।

पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० प्रतिशत, सेमेस्टर प्रणालीमा १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको छ ।

क्याम्पसले शुल्क वृद्धि गरेपछि विद्यार्थी आक्रोशित हुँदै विरोधमा उत्रिएको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस इकाई अध्यक्ष हरि आचार्यले बताए । विरोधमा उत्रिएका विद्यार्थीहरुले ४८ घण्टाभित्र बढाइएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : २२ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले