आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित « Khabarhub

आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा बैंकले शुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ ।

बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानीप्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखादान गर्न प्रण गर्नेको सङ्ख्या दोब्बरले बढेको प्रतिष्ठानले जनाएको छ ।

आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहीन हुनुको पहिलो कारण मोतिविन्दु हो भने दोस्रो कारण आँखाको नानी बिग्रिएर हो ।

दृष्टिविहीनताको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउनु नै रहेको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले बताइन्उ ।

उनले भनिन्, “नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्ति छन्, जो पुनः यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिका लागि तपाईँ हामीले मृत्युपश्चात आँखादान गरिदिने हो भने एक दाताको आँखादानबाट दुईभन्दा बढी दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन् ।”

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो ।

बैंकले आँखाको नानी दान गर्ने दाताबाट मृत्युपश्चात नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ । प्रमुख कार्यकारी अधिकृत डा गुरुङले अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर रहेको बताइन् ।

नेपाल आँखा बैंकले आँखा बैंकको अन्तरराष्ट्रिय महासङ्घ तथा दृष्टि जीवनले निर्धारण गरेको मापदण्ड पूरा गरी अन्तरराष्ट्रिय गुणस्तरलाई कायम राखेको जनाएको छ । बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै संकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराइन्छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले २५ वर्षअघि एकजनाबाट शुरु गरिएको आँखादान आज आएर हजारौं व्यक्तिले प्रदान गरिरहेको बताउँदै आँखा बैंकको टोलीले शुरुदेखि मेहनत गरेर यहाँसम्म आइपुगेको उल्लेख गरे ।

आँखादान भन्ने वित्तिकै व्यक्तिको मृत्युपश्चात आँखाको डल्लो झिक्ने नभई बाहिरको नानी मात्र झिक्ने जानकारी गराउँदै उनले यसमा धार्मिक, सांस्कृतिक रुपमा केही पनि अफ्ठ्यारो नहुने बताए ।

 

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ५६ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा