समलैङिगक सम्बन्ध राखे ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइने « Khabarhub

समलैङिगक सम्बन्ध राखे ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रुनाई– ब्रुनाईले समलैङ्गिक यौन सम्बन्ध राख्ने र व्यभिचारमा संलग्न रहनेलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने कानून ल्याएको छ ।

कट्टर इस्लामिक शरिया कानूनमा आधारित दक्षिणपूर्वी एशियाली मुलुक ब्रुनाईले समलैङ्गिकता र व्यभिचारमा संलग्नलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने नयाँ कानून ल्याएको हो । कानून औपचारिक रुपमा आगामी अप्रिल ३ बाट लागू हुने बताइएको छ ।

त्यसबाहेक नयाँ कानूनअनुसार चोरी गर्ने मानिसहरुको हातखुट्टा काटिने छ । सबै सजायहरु ‘मुसलमानहरुको समूहको प्रत्यक्ष रोहबरमा’ दिइने बताइएको छ ।

ब्रुनाईमा त्यसैपनि उग्र इस्लामिक शरिया कानून प्रचलनमा रहेको बताइन्छ । त्यहाँ मदिरा सेवन गर्न प्रतिबन्ध छ भने शुक्रबार नियमित प्रार्थानामा सहभागी नहुनेलाई पनि सजायको व्यवस्था छ । त्यस्तै, विवाहअघि बच्चा पाए पनि कठोर सजायको व्यवस्था गरिएको छ ।

ब्रुनाईले पछिल्लो समय आपराधिक कानूनमा थप कडाई गर्दै लगेको बताइन्छ । तर, त्यसको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुबाट भने तीब्र आलोचना भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : २७ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र