समलैङिगक सम्बन्ध राखे ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइने « Khabarhub

समलैङिगक सम्बन्ध राखे ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रुनाई– ब्रुनाईले समलैङ्गिक यौन सम्बन्ध राख्ने र व्यभिचारमा संलग्न रहनेलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने कानून ल्याएको छ ।

कट्टर इस्लामिक शरिया कानूनमा आधारित दक्षिणपूर्वी एशियाली मुलुक ब्रुनाईले समलैङ्गिकता र व्यभिचारमा संलग्नलाई ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने नयाँ कानून ल्याएको हो । कानून औपचारिक रुपमा आगामी अप्रिल ३ बाट लागू हुने बताइएको छ ।

त्यसबाहेक नयाँ कानूनअनुसार चोरी गर्ने मानिसहरुको हातखुट्टा काटिने छ । सबै सजायहरु ‘मुसलमानहरुको समूहको प्रत्यक्ष रोहबरमा’ दिइने बताइएको छ ।

ब्रुनाईमा त्यसैपनि उग्र इस्लामिक शरिया कानून प्रचलनमा रहेको बताइन्छ । त्यहाँ मदिरा सेवन गर्न प्रतिबन्ध छ भने शुक्रबार नियमित प्रार्थानामा सहभागी नहुनेलाई पनि सजायको व्यवस्था छ । त्यस्तै, विवाहअघि बच्चा पाए पनि कठोर सजायको व्यवस्था गरिएको छ ।

ब्रुनाईले पछिल्लो समय आपराधिक कानूनमा थप कडाई गर्दै लगेको बताइन्छ । तर, त्यसको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुबाट भने तीब्र आलोचना भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : २७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि