विप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ « Khabarhub

विप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका नगरकोट इन्चार्जसहित दुई सदस्य पक्राउ परेका छन् । बिहीबार पक्राउ गरिएको छ ।

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट बिहीवार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडौं घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका समूहका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई हिजो भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्