ब्रेक्जिटका लागि प्रस्तावित ’आठ वटै विकल्प’ अल्पमतमा « Khabarhub

ब्रेक्जिटका लागि प्रस्तावित ’आठ वटै विकल्प’ अल्पमतमा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लण्डन– बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै ८ विकल्पमा बहुमत जुट्न सकेन ।

भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत संग्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए ।

सांसदहरूको मनसाय बुझ्ने उद्देश्यका साथ भएको उक्त मतदानको नतिजा बाध्यकारी नभए पनि त्यसले अगाडिको जटिल बाटो भने स्पष्टसँग चित्रण गरेको छ ।

दिइएका ८ विकल्पमा एप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत संग्रह गर्ने बिषयसम्मका थिए । मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४४१ मत परेको थियो ।

कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई सोमवार पुनः यस्तै मतदानमा लैजानुपर्ने बताएका छन् । अन्यको जोड भने अब दोस्रो आमनिर्वाचनमा जाने र त्यसले स्थापित गर्ने संसदले मात्र यो गतिरोधको अन्त्य गर्न सक्छ भन्ने छ ।

कुनै विकल्प नभेटिँदासमेत बेलायतले १२ एप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ । तर, अहिलेलाई त्यसको सम्भावना समेत कम देखिएको छ, किनकी उपलब्ध थुप्रै विकल्पमा सांसदहरू नै दोधारको अवस्थामा देखिएका छन् ।

मतदान अघि प्रधानमन्त्री टेरीजा मेले आफूले तयार पारेको सम्झौता पारित गरिए ईयूसँगको भावी सम्बन्धबारे हुने वार्ताका लागि नयाँ नेतृत्वलाई पद छाड्ने बताएकी थिइन् । तर, उनले ‘सोचिएभन्दा अगावै’ भने पनि त्यसको स्पष्ट समय सीमा भने खुलाएकी छैनन् ।

प्रधानमन्त्री मेले भनेजस्तै भएमा समेत नयाँ प्रक्रियाको नेतृत्व कसले गर्ने भन्ने पनि स्पष्ट छैन ।  एकजना मन्त्रीले जनाएअनुसार प्रधानमन्त्री मेले तयार पारेको सम्झौता नै उपलब्ध ठीक विकल्प हो भन्ने यसले देखाएको छ । यसअघिको समय सीमा मार्च २९ मा सकिनेछ ।

त्यस समयभित्र आफ्नो सम्झौता प्रस्ताव दोस्रोपटक अस्वीकृत भएपछि प्रधानमन्त्री मेले ईयूसँग थप समय माग्दै ‘त्यो लम्बिने अवस्थाका लागि आफू नेतृत्वका लागि तयार नभएको’ बताएकी छन् ।

बेलायतले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समयसीमा पाउनेछ । यदि सांसदहरूले सो सहमतिलाई अनुमोदन गरेनन् भने ब्रेक्जिटका लागि एप्रिल १२ सम्मको सानो समय सीमा दिइनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : १२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी