आठौँ राष्ट्रिय खेलकूदका २४ खेलमा गैरआवासीय नेपाली खेलाडीको सहभागिता « Khabarhub

आठौँ राष्ट्रिय खेलकूदका २४ खेलमा गैरआवासीय नेपाली खेलाडीको सहभागिता


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् ।

गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स (युएई), मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक राष्ट्रिय खेलकूदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेका हुन् । सङ्घका अनुसार आठौँ खेलकूदमा प्रतिस्पर्धा गर्ने खेलाडीमा कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ (५० केजी मुनि), लक्ष्मण मगर (५५ केजी मुनि), उत्तम गुरुङ (६० केजी मुनि), ननबहादुर थापा (६५ केजी मुनि), जनकसिंह खड्का (७५ केजी मुनि), नोर्बु तामाङ (८४ केजी मुनि), लोकमानसिंह श्रेष्ठ (८४ केजीमाथि) रहेका छन् ।

त्यसैगरी टिम कुमुतेतर्फ कुमार भुसाल, लोकबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, जनकसिंह खड्का, लोकमान सिंह श्रेष्ठ, महिला कुमुतेतर्फ शान्तिदेवी अधिकारी (६८ केजी मुनि), कराँतेको कातातर्फ विमला तामाङ, फुल कन्ट्याक्ट कराँतेमा अविरल घिमिरे (७० केजी)ले प्रतिष्पर्धा गर्नेछन् ।

त्यसैगरी जुडोमा मोहन बम (६० केजी), बक्सिङमा प्रचण्ड केसी (५६ केजी), टेनिस एकलमा अमृत पौडेल, संरक्षक बज्राचार्य, टेनिस युगलमा अमृत पौडेल र संरक्षक बज्राचार्यले प्रतिष्पर्धा गर्नेछन् । गल्फतर्फ लपकुमार गुरुङ (एकल), ब्याडमिन्टनमा बिक्की बुढा, सूर्य गिरी, हीरालाल श्रेष्ठ (एकल) र सूर्य गिरी, हीरालाल श्रेष्ठ (युगल) तथा एथ्लेटिक्समा नारी चन्द (फुल म्याराथन), तेक्वान्दोमा नवीन श्रेष्ठ (६८ केजी मुनि), पुष्प थापामगर (६७ केजी)मा प्रतिष्पर्धा गर्नेछन् ।

आठौँ राष्ट्रिय खेलकूद चैत अन्तिम साताबाट हुने बताइएको भएपनि मिति तोकिएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : १६ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार