उत्तर प्रदेशमा मोदीभन्दा योगीको ‘प्रभाव’ बढी, पाए चुनावी अभियानको नेतृत्व « Khabarhub

उत्तर प्रदेशमा मोदीभन्दा योगीको ‘प्रभाव’ बढी, पाए चुनावी अभियानको नेतृत्व


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– आसन्न भारतीय आम निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भापजाको तर्फबाट चुनावी अभियानका नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले नभई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने भएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले राज्यका सबै निर्वाचन क्षेत्र पुगेर र्‍याली र अन्य चुनावी अभियानमा सहभागी हुने बताइएको छ ।

त्यस्तै, उनले अन्य राज्यमा पनि भाजपाका लागि मत माग्ने बताइएको छ ।

उनले गत आइतबार राज्यको शाकुम्बरी देवीको मन्दीरबाट चुनावी अभियान शुरु गरेका थिए ।

उत्तर प्रदेशमा समाजवादी पार्टी, राष्ट्रिय लोक दल र बहुजन समाज पार्टीबीच बनेको गठबन्धन र विपक्षी काँग्रेसको प्रभाव रहेको निर्वाचन क्षेत्रमा योगीको सक्रियता अझै तीब्र हुने उत्तर प्रदेश राज्यमा भाजपाका प्रवक्ता चन्द्रमोहनले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १२ : ०० बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक