अस्ट्रेलियाको एउटा ताल एकाएक बन्यो गुलाबी, पर्यटकको घुँइचो (फोटो फिचर) « Khabarhub

अस्ट्रेलियाको एउटा ताल एकाएक बन्यो गुलाबी, पर्यटकको घुँइचो (फोटो फिचर)


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलियाको मेलवर्न पार्कमा रहेको एउटा तालको रंग परिवर्तन भएको छ । तालको रंग परिवर्तन भएर आफैं गुलाबी रंगको भएपछि तालमा फोटो खिच्ने पर्यटकहरुको घुँइचो लागेको बीबीसीले जनाएको छ ।

मेलवर्नको वेस्टगेटमा रहेको यो ताल मानवनिर्मत ताल हो र हालै गुलाबी रंगमा परिवर्तन भएको छ । चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण पानीको रंग गुलाबी भएको बताइएको छ ।

यस्तो अवस्थामा तालमा रहेका लेउले बेटो कारोटेन भनिने रातो रंग उत्पादन गर्छन् ।

यो तालमा आउने पर्यटकले तालको रंगलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रंग छान्छन् र फोटो खिँचाउँछन् ।

सामाजिक सञ्जालमा मानिसहरुले तालबाट कुहिएको अण्डाको जस्तो गन्ध आउने बताएका छन् ।

तालको गुलाबी रंग मौसम चिसो नभएसम्म कायम रहन्छ ।

अस्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरुमा पनि पानी गुलाबी हुने गर्दछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १ : ४८ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय