बागलुङका सबै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया टुङ्गियो | Khabarhub Khabarhub

बागलुङका सबै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया टुङ्गियो


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका १० ओटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।

पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले ५–५ स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ ।

यस्तै, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने संयन्त्रका नेता इन्द्रलाल सापकोटाले बताए ।

‘एकताको खाका टुङ्गिएको छ’ उनले भने,“व्यक्ति को भन्ने निर्णय प्रदेश समितिले गर्छ ।” नेता सापकोटाका अनुसार स्थानीय तहका पार्टी संयन्त्रको सुझावका आधारमा जिल्लाबाट नाम सिफारिस हुनेछ । जिल्लामै नेतृत्व टुङ्गाएर अन्तिम निर्णयको लागि प्रदेश समितिमा पठाइने नेकपाले जनाएको छ ।

स्थानीय तहसँगै वडा समितिको एकता प्रक्रियालगत्तै टुङ्गिने संयन्त्रका नेता ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए । ‘दशवटै स्थानीय तहमा पार्टी संयन्त्रको बैठक तोकिएको छ’ उनले भने, “वडाको नेतृत्व जिल्ला संयन्त्रले टुङ्गाउँछ ।”

वडादेखि गाउँ, नगरसमितिको एकता प्रक्रिया चैतभित्रै सकिने नेकपाको दाबी छ । पार्टीका जनवर्गीय सङ्गठनको एकीकरणका लागि जनसङ्गठन एकता कार्यदल समेत गठन गरिएको छ । कार्यदलले सङ्गठनका कामको संयोजन, व्यवस्थापनसँगै एकता प्रक्रियाअघि बढाउनेछन् ।

जिल्लाको नेतृत्व पनि यथाशक्य छिटो टुङ्गिने जनाइएको छ । जिल्ला संयन्त्रले अध्यक्ष पदका लागि पूर्व एमालेबाट कृष्ण पाठक र पूर्व माओवादी केन्द्रबाट फमलाल न्यूरे र ज्ञामनाथ गैरे ‘अनिल’ को नाम सिफारिस गरेको छ । यस्तै, सचिव पदमा पूर्व एमालेबाट लालबहादुर थापा र पूर्व माओवादी केन्द्रबाट राजीव घिमिरेलाई सिफारिस गरेको छ । जिल्ला समितिको नेतृत्व भने पार्टी केन्द्रले अन्तिम टुङ्गो लगाउँदैछ ।

बुधबार र बिहीबार गरी २ दिनसम्म बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इञ्जार्च पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : १५ बजे

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको