बागलुङका सबै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया टुङ्गियो « Khabarhub

बागलुङका सबै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया टुङ्गियो


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका १० ओटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।

पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले ५–५ स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ ।

यस्तै, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने संयन्त्रका नेता इन्द्रलाल सापकोटाले बताए ।

‘एकताको खाका टुङ्गिएको छ’ उनले भने,“व्यक्ति को भन्ने निर्णय प्रदेश समितिले गर्छ ।” नेता सापकोटाका अनुसार स्थानीय तहका पार्टी संयन्त्रको सुझावका आधारमा जिल्लाबाट नाम सिफारिस हुनेछ । जिल्लामै नेतृत्व टुङ्गाएर अन्तिम निर्णयको लागि प्रदेश समितिमा पठाइने नेकपाले जनाएको छ ।

स्थानीय तहसँगै वडा समितिको एकता प्रक्रियालगत्तै टुङ्गिने संयन्त्रका नेता ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए । ‘दशवटै स्थानीय तहमा पार्टी संयन्त्रको बैठक तोकिएको छ’ उनले भने, “वडाको नेतृत्व जिल्ला संयन्त्रले टुङ्गाउँछ ।”

वडादेखि गाउँ, नगरसमितिको एकता प्रक्रिया चैतभित्रै सकिने नेकपाको दाबी छ । पार्टीका जनवर्गीय सङ्गठनको एकीकरणका लागि जनसङ्गठन एकता कार्यदल समेत गठन गरिएको छ । कार्यदलले सङ्गठनका कामको संयोजन, व्यवस्थापनसँगै एकता प्रक्रियाअघि बढाउनेछन् ।

जिल्लाको नेतृत्व पनि यथाशक्य छिटो टुङ्गिने जनाइएको छ । जिल्ला संयन्त्रले अध्यक्ष पदका लागि पूर्व एमालेबाट कृष्ण पाठक र पूर्व माओवादी केन्द्रबाट फमलाल न्यूरे र ज्ञामनाथ गैरे ‘अनिल’ को नाम सिफारिस गरेको छ । यस्तै, सचिव पदमा पूर्व एमालेबाट लालबहादुर थापा र पूर्व माओवादी केन्द्रबाट राजीव घिमिरेलाई सिफारिस गरेको छ । जिल्ला समितिको नेतृत्व भने पार्टी केन्द्रले अन्तिम टुङ्गो लगाउँदैछ ।

बुधबार र बिहीबार गरी २ दिनसम्म बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इञ्जार्च पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : १५ बजे

नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ

राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं– थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी

बङ्गलादेश निर्वाचन : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

एजेन्सी– बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक

आर्थिक सुधारको योजनासहित नेकपाले ल्यायो चुनावी प्रतिबद्धता पत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको