‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री « Khabarhub

‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसीलाई मेगास्टार भन्दै फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । झरना थापाको जन्मदिन पारेर बुधवार नै पत्रकारलाई देखाइएको यो फिल्मको ट्रेलरलाई बूढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा अनमोल केसीलाई स्टारका रुपमा देखाइएको छ । उनको अपोजिटमा झरना थापाकी छोरी सुहाना थापाले अभिनय गरेकी छिन् ।

फिल्ममा अनमोल र सुहानाको लभस्टोरी रहनेछ ।

अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल, प्रतीक पौडेलले स्किृनप्ले र संवाद लेखेका हुन् ।

फिल्ममा हिमाल केसीको एस्सन रहनेछ भने विजय बस्यालको मोसन ग्राफिक्स देख्न सकिनेछ । यस्तै फिल्ममा दीर्घ खड्काको सम्पादन, सञ्जय लामा, सुदीप बराल र शम्भू मोक्तानको छायांकन र सुनील कुमार थापाको लगानी रहेको छ ।

नयाँ वर्षको मौका पारेर आउँदो चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : २२ बजे

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ