‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री « Khabarhub

‘ए मेरो हजुर ३’ को ट्रेलरमा अनमोल र सुहानाको केमेष्ट्री


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसीलाई मेगास्टार भन्दै फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । झरना थापाको जन्मदिन पारेर बुधवार नै पत्रकारलाई देखाइएको यो फिल्मको ट्रेलरलाई बूढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा अनमोल केसीलाई स्टारका रुपमा देखाइएको छ । उनको अपोजिटमा झरना थापाकी छोरी सुहाना थापाले अभिनय गरेकी छिन् ।

फिल्ममा अनमोल र सुहानाको लभस्टोरी रहनेछ ।

अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल, प्रतीक पौडेलले स्किृनप्ले र संवाद लेखेका हुन् ।

फिल्ममा हिमाल केसीको एस्सन रहनेछ भने विजय बस्यालको मोसन ग्राफिक्स देख्न सकिनेछ । यस्तै फिल्ममा दीर्घ खड्काको सम्पादन, सञ्जय लामा, सुदीप बराल र शम्भू मोक्तानको छायांकन र सुनील कुमार थापाको लगानी रहेको छ ।

नयाँ वर्षको मौका पारेर आउँदो चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : २२ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट