भक्तपुरमा शुरु भयो बहाल कर स्वयं घोषणा अभियान « Khabarhub

भक्तपुरमा शुरु भयो बहाल कर स्वयं घोषणा अभियान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भक्तपुर– भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले  धर/जग्गा बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका –४ वडा कार्यालय (दधिकोट) ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई नगर प्रमुख थापाले सम्मान गर्दै पासबुक पनि वितरण गरे । वडाध्यक्ष उत्तम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले यस नगरपालिकामा केन्द्र, प्रदेश र स्थानीय तहको गरी एक अर्ब भन्दा बढी रकमबाट विकास निर्माणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

विकास निर्माणको अभियानमा कर तिरेर आफ्नो दायित्व पूरा गर्ने नागरिक असल नागरिक भएको चर्चा गर्दै उनले बहाल करबाट सङ्कलन भएको रकम कर्मचारीको तलब भत्तालगायत प्रशासनिक कार्यमा खर्च नगरी पूर्वाधार विकासका कार्यहरुमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका राजश्व शाखा प्रमुख अनिरुद्र नेपालले आधुनिक प्रविधि प्रयोग गरी बहाल आयबुझाउने नागरिकको अभिलेख राखिने बताउँदै उनीहरूले बुझाएको करका सम्बन्धमा जानकारी आफै लिनसक्ने बताए ।

यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी ३ महीनामा कम्तीमा ५ हजार पुर्‍याउने लक्ष्य राखिएको राजश्व शाखा प्रमुख नेपालकाे भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : २४ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ