‘साइँली’ र ‘शुभ लभ’ हलमा, तर दर्शक ? « Khabarhub

‘साइँली’ र ‘शुभ लभ’ हलमा, तर दर्शक ?


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजैदेखि रिलिज भएका दुई फिल्म ‘साइँली’ र ‘शुभ लभ’ आज शुक्रबारदेखि नेपालका विभिन्न हलमा रिलिज भएका छन् । तर यी दुवै फिल्मले शुक्रबारको बिहानी शो मा भने आशा गरेजस्तो गरी दर्शक हलसम्म तानेका छैनन् ।

हलका बिहानी ‘शो’ को प्रतिक्रिया हेर्ने हो भने दुवै फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । आजको मितिमा ठूला बजेटका विदेशी फिल्म पनि नचलेको हुनाले यी दुई फिल्मले दर्शक हलसम्म तान्ने अनुमान गरिएको थियो । आजैदेखि हलमा हिन्दी फिल्म ‘जंगली’ पनि रिलिज भएको छ । तर यो फिल्मले पनि खासै दर्शक तान्न सकेको छैन ।

काठमाडौंका हलमा कुनै फिल्मले क्रेज देखाउन सकेका छैनन् ।

छैन ‘साइँली’ को क्रेज

स्टार कलाकार भएको यो फिल्मले हलमा दर्शकलाई तान्न नसकेको देखिएको छ । बिहीबार फिल्म प्रिमियर समेत गरिएको यो फिल्मलाई प्रिमियरमा आएका कलाकारले ‘राम्रो’ भन्दै प्रतिक्रिया दिएका थिए । तर, दर्शकले भने फिल्म हलसम्म पुग्ने चेष्टा गरेका छैनन् ।

यो फिल्ममा दयाहाङ राई, गौरव पहारी, केनिपा सिंह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दुई वर्षअघि भाइरल भएको गीत ‘साइँली’ को नाम सापटी लिई त्यही परिवेशमा बनाइएको यो फिल्मलाई गीतलाई जस्तो दर्शकले चासो दिएका छैनन् ।

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथालाई सामाजिक कथा भनिएको छ ।

‘शुभ लभ’ पनि उस्तै

आजै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘शुभ लभ’ मा नयाँ कलाकार शीर्ष भूमिकामा छन् । फिल्ममा क्रिष्टिन पौडेल, हरिहर अधिकारी, सरोज खनाल, रविन्द्र झा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । हरिहर अधिकारीको पेशासँग पनि मिल्दो यो फिल्ममा हरिहर नै मुख्य भूमिकामा छन् ।

लभस्टोरी भनिएको यो फिल्मले पनि बिहानी शो मा खासै कमाल गर्न सकेको छैन । फिल्मलाई धर्मराज शर्मा सुवेदीले निर्माण गरेका हुन् भने सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्तोला, सूर्य थापा, नम्रता सिम्खडा लगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्ममा हरिहर अधिकारीको कथा छ भने अभिमन्यु निरवीको स्किृप्ट छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ३ : ०२ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित