किन फेरि दोहोरिइन् ‘लभ स्टेशन’ मा प्रदीपसँग जसिता ? « Khabarhub

किन फेरि दोहोरिइन् ‘लभ स्टेशन’ मा प्रदीपसँग जसिता ?


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबार अर्थात् चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ को खासै चर्चा छैन । फिल्म ‘रोज’ पछि प्रदीपलाई दर्शकले लभर ब्याइको भूमिकामा ‘लभ स्टेशन’ मा  देख्दैछन् । यो फिल्ममा प्रदीपको अपोजिटमा छिन्, जसिता गुरुङ ।

फिल्म ‘लिलिबिली’ पछि उनै जसिता दोस्रो फिल्मसहित दर्शकमाझ आउँदैछिन् । फेरि पनि उनलाई पर्दामा प्रदीपकै जोडीको रुपमा देखिनेछ । फिल्मी क्षेत्रमा चर्चा चल्न थालेको छ, आखिर किन जसिता प्रदीपसँगै फिल्म खेलिन् त ?

बिहीबार जसिताले एक भेटमा यसबारेमा प्रष्ट पारेकी छिन् । जसिताले फिल्म ‘लिलिबिली’ गरेपछि सोही ब्यानरको अर्को फिल्म पनि गर्नुपर्ने शर्त भएकाले ‘लभ स्टेशन’ मा काम गरेको बताइन् । ‘लिलिबिलीमा अभिनय गरेपछि गोविन्द (शाही) सरले दोस्रो फिल्ममा पनि काम गर्नुपर्छ भन्नुभएको थियो, मैले हुन्छ भनेकी थिएँ, दोस्रो फिल्ममा पनि प्रदीप खड्का नै हुनुहुँदो रहेछ ।’, जसिताले सुनाइन् ।

उनले फिल्ममा आफूले गर्ने भए पनि प्रदीप नभएको पनि उनले बताइन् ।

प्रदीपले पनि काफिया फिल्मसको ब्यानरमा जसितालाई पूर्वसहमति अनुसार निर्माताले लिएको बताए । उनले भने, ‘मैले प्रेमगीतमा काम गर्दा प्रेमगीत २ मा पनि काम गर्नैपर्ने शर्त थियो, जसितालाई पनि लिलिबिलीमा त्यस्तै शर्त थियो ।’

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का र जसिता गुरुङलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रदीपले एक गायकको भूमिका निभाएका छन् ।

काफिया फिल्मसको ब्यानरमा बनेको यो फिल्ममा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : २८ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न