गुआइदोलाई सार्वजनिक पद धारण गर्न १५ वर्षको प्रतिबन्ध « Khabarhub

गुआइदोलाई सार्वजनिक पद धारण गर्न १५ वर्षको प्रतिबन्ध


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई १५ वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउनेगरी प्रतिबन्धको घोषणा गरिएको छ ।

भेनेजुएलाको लेखापरीक्षक अल्भिस अमोरोसोले गुआइदोको सम्पत्ति विवरणमा ठूलो गडबडी देखिएकाले उनीविरुद्ध प्रचलित कानून अनुसार १५ वर्ष सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

गुआइदोले आफ्नो विदेश भ्रमण खर्च कहाँबाट ल्याए भन्ने प्रश्नको जवाफ दिन नसकेको त्यहाँका लेखापरीक्षकको भनाइ छ । गत महिना गुआइदोले विभिन्न ल्याटिन अमेरिकी मुलुकको भ्रमण गरी निकोलस मादुरोलाई सत्ताबाट हटाउन कुटनीतिक पहल गरेका थिए ।

त्यसैअनुसार त्यहाँको लेखापरीक्षकको कार्यालयले उनको सम्पत्ति विवरणबारे अनुसन्धान थालेको थियो । यता गुआइदोले भने आफूलाई १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न नपाउने गरी लेखापरीक्षकले गरेको प्रतिबन्धको घोषणाको वैधानिकता नभएको प्रतिक्रिया दिएका छन् ।

उनले मुलुकको वैधानिक संसद्ले अमोरोसोलाई लेखापरीक्षक चयन नै नगरेकाले अमोरोसोले गरेको घोषणाको वैधानिकता नभएको जनाएका हुन् ।

गत जनवरीमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहितका पश्चिमा मुलुकले राष्ट्रपतिको मान्यता दिएका थिए भने चीन र रुससहितका अन्य मुलुकले मादुरोलाई नै राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : ३९ बजे

एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ