लगानी सम्मेलनको पहिलो दिन : ‘भर्जिन ल्याण्ड’प्रति को कति आकर्षित ? « Khabarhub

लगानी सम्मेलनको पहिलो दिन : ‘भर्जिन ल्याण्ड’प्रति को कति आकर्षित ?




काठमाडौं– लगानी सम्मेलनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य सरकारी अधिकारीहरुले नेपालमा लगानीको वातावरण बनेको भन्दै विदेशी लगानीका लागि आह्वान गरे ।

शुक्रबार पहिलो दिनको सम्मेलन उद्घाटनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको भन्दै लगानीको आह्वान गरे । त्यस्तै अर्थमन्त्री सहितका अन्य सरकारी अधिकारीहरुले आवश्यक कानून समेत पारित भएको भन्दै लगानीका लागि आह्वान गरेका छन् ।

पहिलो दिनको सम्मेलनका क्रममा उद्घाटन समारोहबाहेक सरकारले शोकेशका रुपमा प्रस्तुत गरेका विभिन्न आयोजनाका बारेमा लगानीकर्तालाई सम्बन्धित अधिकारीहरुले जानकारी गराएका छन् । सम्मेलनका क्रममा उर्जामन्त्री वर्षमान पुनले आगामी १० वर्षमा १५ हजार मेघावाट विजुली उत्पादन गर्ने र ५ हजार मेघावाटा विजुली निर्यात् गर्ने लक्ष्य लिएको जानकारी गराए । मन्त्री पुनले अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विषयमा भारत र बंगलादेशसँग समेत सम्झौता भइसकेको उल्लेख गर्दै विजुली निर्यात गर्न कुनै समस्या नरहेको बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि विद्युत् निर्यातका लागि नीतिगत रुपमा कुनै समस्या नरहेको भन्दै लगानीका लागि आह्वान गरे ।

सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुले समेत उर्जा, कृषि, भौति पूर्वाधार र पर्यटन क्षेत्रमा चासो देखाएका छन् । नेपालको विकास साझेदार समेत रहेको एसियाली विकास बैंकका उपाध्यक्ष सीजीन चेनले नेपालको विकास साझेदारका रुपमा रहेको एडीबीले उर्जा लगाएतका क्षेत्रमा लगानी गरिरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न इच्छुक रहेको बताए । एडीबीले गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी परियोजना लगायतमा लगानी गरिरहेको छ ।

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टिङ स्यासरले समेत नेपाल सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानमा सहभायोग गर्न आफूहरु तयार रहेको बताए । उनले उर्जा क्षेत्रमा थप लथानी गर्न विश्व बैंक इच्छुक रहेको समेत जानकारी दिए ।

नेपालमा ठूलो विदेशी लगानीका रुपमा भित्रिएको चीनको होङ्सी सिमेन्टका उपाध्यक्ष चु ग्याङले पनि नेपालमा लगानीको वातावरण बन्दै गएको बताए ।

लगानी वोर्डका अनुसार करिब ३१ खर्ब बराबरका विभिन्न ७७ वटा परियोजना सम्मेलनका क्रममा प्रस्तुत हुनेछन् । पश्चिम सेती, तल्लो तमोर, सुनकोशी दोस्रो र तेस्रो आयोजनासँगै सिमरामा विषेश आर्थिक क्षेत्र, बाँके र रुपन्देहीको मोतिपुरमा औद्योगिक पार्क निर्माण परियोजना समेत प्रस्तुत गरिनेछ ।

धुलीखेल, बुटबल, जितपुर सिमरा, रत्ननगर चितवन, जनकपुरमा फोहर व्यवस्थापन परियोजनासहित हेटौँडा समार्ट सिटि निर्माण र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण सहित विभिन्न ७ ओटा परियोजना शहरी विकास आयोजनाका रुपमा राखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ४२ बजे

अफगानिस्तानमा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश