ब्याट्मिन्टनको उपाधि दिपेश र रशिलाले जिते « Khabarhub

ब्याट्मिन्टनको उपाधि दिपेश र रशिलाले जिते


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१—१२, १८—२१, २१—१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रित युगलतर्फ गरी तीन विधामा उपाधी जित्न सफल भए । गत संस्करणका विजेता रत्नजीत तामाङ्ग प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगितामा सहभागी भएका थिएनन् ।

महिला एकल तर्फ अघिल्लो संस्करणकी उपविजेता त्रिभुवन आर्मीकी रशिला महर्जनले उपाधि उचालिन् । महर्जनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । उनले आयोजक एपीएफकी जेशिका गुरुङ्गलाई २१—१४, १३—२१, २१—१८ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । महर्जन छात्रा यु–१७ को पनि विजेता हुन् । गत वर्षकी विजेता सेनाकी नङ्गशल देवी तामाङ्गले कार्य व्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१—१६, २१ —४ को सहज जित निकाले ।

महिला युगल तर्फ एपिएफकी पूजा श्रेष्ठले आफ्नो साख जोगाइन् । उनले जेशिका गुरुङ्गसँग मिलेर महिला एकलकी विजेता सेनाकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाइन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१—१०, २१—१९ को सोझो सेटमा पराजित गरे । गर्त बर्ष जित हात पार्दा पुजाको जोडीमा शिक्षा श्रेष्ठ थिइन् । बिजयी खेलाडीहरुले ट्रफी मेडल, प्रमाण पत्रका साथै नगद पुरस्रका प्राप्त गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०० बजे

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग