वडाध्यक्षकै पेट्रोल पम्पबाट ‘मिसावट’ गरिएको पेट्रोल बिक्री ! « Khabarhub

वडाध्यक्षकै पेट्रोल पम्पबाट ‘मिसावट’ गरिएको पेट्रोल बिक्री !


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


डडेलधुरा– डडेलधुराको अमरगढी नगरपालिका वडा नं ५ मा रहेको उग्रतारा आयल स्टोरमा मिसावटको पेट्रोल विक्री हुने गरेको सेवाग्राहीले आरोप लगाएका छन् । उक्त पट्रोल पम्पको पेट्रोल प्रयोगले दर्जनौं मोटरसाईकल बिग्रिएको सेवाग्राहीहरुको भनाइ छ ।

शुक्रबार विहान मात्रै उक्त पेट्रोलपम्पबाट तेल हालेर फर्किएको एक सेवाग्राहीले आफ्नो मोटरसाइल क्षणभरमै बन्द भएपछि त्यहाँ पेट्रोलमा पानी मिसावट भएको दाबी गरे । उक्त पेट्रोल पम्पले यसअघि पनि अभावका बेला कालोबजारी गरेको, मिसावट पट्रोल वितरण गर्दै आएको आरोप लगाउँदै क्षतिपूर्तिको माग गरेका छन् ।

सेवाग्राहीहरुले आफू ठगीएको भन्दै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नगरपालिकाका प्रमुख र पेट्रोलपम्पका संञ्चालकलाई समेत बोलाएर क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन् ।

यता पेट्रोलपम्प संञ्चालक भने आफुले कमजोरी नगरेको र मिसावट देखिएमा पेट्रोलमा मिसावट गर्नेलाई कारवाही गर्न आफू तयार रहेका बताएका छन् । पेट्रोल पम्प सञ्चालक डडेलधुराको अमरगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरबहादुर साँकी हुन् ।

प्रमुख जिल्ला अधिकार मोहनराज जोशीले उक्त पेट्रोल पम्पको पेट्रोल नमुना परीक्षणका लागि लगिएको र मिसावट भेटिएमा कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ०७ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू