वडाध्यक्षकै पेट्रोल पम्पबाट ‘मिसावट’ गरिएको पेट्रोल बिक्री ! | Khabarhub Khabarhub

वडाध्यक्षकै पेट्रोल पम्पबाट ‘मिसावट’ गरिएको पेट्रोल बिक्री !


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


डडेलधुरा– डडेलधुराको अमरगढी नगरपालिका वडा नं ५ मा रहेको उग्रतारा आयल स्टोरमा मिसावटको पेट्रोल विक्री हुने गरेको सेवाग्राहीले आरोप लगाएका छन् । उक्त पट्रोल पम्पको पेट्रोल प्रयोगले दर्जनौं मोटरसाईकल बिग्रिएको सेवाग्राहीहरुको भनाइ छ ।

शुक्रबार विहान मात्रै उक्त पेट्रोलपम्पबाट तेल हालेर फर्किएको एक सेवाग्राहीले आफ्नो मोटरसाइल क्षणभरमै बन्द भएपछि त्यहाँ पेट्रोलमा पानी मिसावट भएको दाबी गरे । उक्त पेट्रोल पम्पले यसअघि पनि अभावका बेला कालोबजारी गरेको, मिसावट पट्रोल वितरण गर्दै आएको आरोप लगाउँदै क्षतिपूर्तिको माग गरेका छन् ।

सेवाग्राहीहरुले आफू ठगीएको भन्दै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा नगरपालिकाका प्रमुख र पेट्रोलपम्पका संञ्चालकलाई समेत बोलाएर क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन् ।

यता पेट्रोलपम्प संञ्चालक भने आफुले कमजोरी नगरेको र मिसावट देखिएमा पेट्रोलमा मिसावट गर्नेलाई कारवाही गर्न आफू तयार रहेका बताएका छन् । पेट्रोल पम्प सञ्चालक डडेलधुराको अमरगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरबहादुर साँकी हुन् ।

प्रमुख जिल्ला अधिकार मोहनराज जोशीले उक्त पेट्रोल पम्पको पेट्रोल नमुना परीक्षणका लागि लगिएको र मिसावट भेटिएमा कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ०७ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता