प्रदेश २ मा २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित « Khabarhub

प्रदेश २ मा २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लामा निरन्तर प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्डलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा वोर्डसहित केन्द्रीय अनुसन्धान व्यूरोले समेत छानविन गरिरहेको जानकारी दिए ।

उनले २२ गतेदेखिका परीक्षा थथावत् रुपमै सञ्चालन हुने तर २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी  दिएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : १० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२