स्थानीय तहमा बेथिति, पटके समितिलाई करोडौंका आयोजना | Khabarhub Khabarhub

स्थानीय तहमा बेथिति, पटके समितिलाई करोडौंका आयोजना


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आजको अन्नपूर्ण पोष्ट दैनिकले एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिप जितेपछि खुशीयाली मानउने क्रममा सेल्फी खिच्दै नेपाली क्रिकेट टोलीको फोटो क्याप्सन पहिलो पृष्ठमा छापेको छ ।

त्यस्तै पत्रिकाले एक्सरे गर्न जेनेरेटर बोक्छन् गाउँले शीर्षकोमा डोल्पाको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

उपचार गर्न आउने बिरामी आफै जेनेरेटर ल्याउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा  एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी स्थानीय तहको बेथितिको समाचारलाई पटके समितिलाई करोडौंका आयोजना शीर्षकमा पत्रिकाले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

मुलुकभर ३ लाख २८९ हजार १ सय उपधोक्तान समिति छन् । तीमध्ये १ लाखको हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँक्री पटके हुन् , पटके समितिलिे पनि करोडभन्दा माथिका आयाजना हात पारेको समाचारमाले उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र करोडौंका आयोजना यस्तै पटके समितिबाट गराइरहेका छन् ।

त्यसैगरी कालिकोटका स्थानीय तहमा गत वर्ष ३० करोडभन्दा बढी बेरुजु रहेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा ९ वटा स्थानीय तहमा ३० करोडभन्दा बढी रकम बेरुजु देखिएको हो । सबै तहमा गरी ३० करोड ३५ लाख रुपैयाँ बेरुजु रहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ०५ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।