काठमाडौं – आजको अन्नपूर्ण पोष्ट दैनिकले एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिप जितेपछि खुशीयाली मानउने क्रममा सेल्फी खिच्दै नेपाली क्रिकेट टोलीको फोटो क्याप्सन पहिलो पृष्ठमा छापेको छ ।
त्यस्तै पत्रिकाले एक्सरे गर्न जेनेरेटर बोक्छन् गाउँले शीर्षकोमा डोल्पाको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।
उपचार गर्न आउने बिरामी आफै जेनेरेटर ल्याउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी स्थानीय तहको बेथितिको समाचारलाई पटके समितिलाई करोडौंका आयोजना शीर्षकमा पत्रिकाले अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।
मुलुकभर ३ लाख २८९ हजार १ सय उपधोक्तान समिति छन् । तीमध्ये १ लाखको हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँक्री पटके हुन् , पटके समितिलिे पनि करोडभन्दा माथिका आयाजना हात पारेको समाचारमाले उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र करोडौंका आयोजना यस्तै पटके समितिबाट गराइरहेका छन् ।
त्यसैगरी कालिकोटका स्थानीय तहमा गत वर्ष ३० करोडभन्दा बढी बेरुजु रहेको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।
महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा ९ वटा स्थानीय तहमा ३० करोडभन्दा बढी रकम बेरुजु देखिएको हो । सबै तहमा गरी ३० करोड ३५ लाख रुपैयाँ बेरुजु रहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया