संघीय संसद्को अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची « Khabarhub

संघीय संसद्को अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका लागि कानून निर्माणमा केन्द्रित हुने छ ।
तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालू अधिवेशनमा सरकारका वार्षिक कार्यक्रम र कानून निर्माणमा केन्द्रीत हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहेनछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यसपटक नीति तथा कार्यक्रमपछि प्री बजेट छलफल हुनेछ । यसअघि प्री बजेट छलफलपछि मात्र नीीत कार्यक्रम पेस हुने गरेको थियो ।

अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ।

दुवै सदनमा सत्तारूढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ । दोस्रो सत्रमा अघिल्लो अधिवेशनपछि निधन भएका पूर्वमन्त्री तथा सांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ४१ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा