बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु « Khabarhub

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना ५ ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ स्थित सडकमा विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री मुखियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापश्चात् शव प्रहरीले परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ०८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी