बुधवारसम्म मेघ गर्जनसहित पानी पर्ने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान « Khabarhub

बुधवारसम्म मेघ गर्जनसहित पानी पर्ने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले तीन दिन मौसममा बदली हुने जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधवारसम्म देशभरको मौसम यस्तो रहेनछ ।

वैशाख १६ गते – सोमबार

दिउँसोः देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली र बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

राति: देशको पूर्बी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।  देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

वैशाख १७ गते–मंगलबार

दिउँसोः देशको पूर्वी भू–भाग लगायत मध्य र पश्चिमका पहाडी भु(भागमा आंशिक बदली रहनेछ भने बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १८ गते –बुधबार
दिउँसोः देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू–भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पश्चिमि पहाडि भेगका केहि र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू–भागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ३० बजे

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा चार जनाको मनोनयन दर्ता

कर्णाली– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि