वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यो हो मूल मन्त्र « Khabarhub

वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यो हो मूल मन्त्र


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको समयमा दुई सम्बन्धमा सबै भन्दा बढी तनाव हुने गर्छ । एक पति–पत्नी र अर्को बुबा–आमा तथा सन्तानबीचको सम्बन्ध । पति–पत्नीबीचको सम्बन्ध पछिल्लो समय बढी नै तनावपूर्ण बन्न थालेको छ । यसको एक कारण हो, ‘इगो’ अर्थात ‘अहंकार’ ।

परिवार भित्र हुने तनावलाई कम गर्दै सौहार्दपूण सम्बन्ध बनाउने हो भने रामायणको एक प्रसंगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

जनक पुत्री सीता र अयोध्याका राजा दशरथ पुत्र श्रीरामको स्वयम्वर प्रसंग । शिव धनुष जसले तोड्न सक्छ, उसैसँग आफ्नी छोरी सीताको विवाह गरिदिने राजा जनकको सर्त हुन्छ ।

यो स्वयम्वरमा कयौँ बलवान राजा तथा वीरहरुले शिव धनुष उठाउने प्रयास गर्छन् । तर उनीहरुले उठाउन त के, हल्लाउन समेत सक्दैनन् । यो क्रम अगाडि बढी रहँदा ऋषि विश्वामित्रले श्रीरामलाई शिव धनुष उठाउन आज्ञा दिन्छन् ।

रामले सबै भन्दा पहिला आफ्ना गुरुप्रति आदर प्रकट गर्छन् र शिवको ध्यान गर्दै धनुषलाई नमस्कार गर्छन् । हेर्दाहेर्दैै रामले उक्त धनुषलाई माथि उठाउँछन् र खेलौनालाई जस्तै तोडि दिन्छन् ।

रामले उक्त धनुषलाई उठाएर किन तोडे ? धनुष विवाहको लागि पहिलो सर्त थियो । वास्तवमा यसको मर्मलाई बुझ्ने हो भने यो प्रसंगलाई सहज रुपमा बुझ्न सकिन्छ । दार्शनिक रुपमा बुझ्ने हो भने धनुष अहंकारको प्रतिक थियो । अहंकार जबसम्म मान्छे भित्र रहन्छ, हामीले कसैसँग पनि आफ्नो जीवन सहज ढंगले बिताउन सक्दैनौँ ।

अहंकारलाई तोडेर मात्रै गृहस्थी जीवनमा प्रवेश गर्न सकिन्छ । त्यसैले विवाह गर्नेहरुमा यतिसम्मको परिपक्कता र बुझाई हुन आवश्यक छ ।
हाम्रो जस्तो देशमा कतिपय विवाह नबुझीकनै तथा आवेशमा गरिएको पाइन्छ । आवेश रिसको मात्रै पनि हुँदैन, भावनाको पनि हुन्छ । प्रेमको भावनामा बहकिएर यस किसिमको निर्णय लिन पुग्ने थुप्रै जोडीहरु छन् ।

गृहस्थी बसाउनका लागि सबै भन्दा पहिला भावनात्मक तथा मानसिक रुपमा पूर्ण हुन आवश्यक छ । वैवाहिक जीवनमा बाँधिएपछि परिवारको जिम्मेवारी निर्वाह गर्न मानसिक तथा भावनात्मक रुपमा सशक्त हुन आवश्यक छ । सबै भन्दा महत्वपूर्ण जिम्मेवारी विवाह गरेर घर बसाउनु हो ।

गृहस्थ जीवनलाई कहिल्यै पनि आवेश र अज्ञानमा स्वीकार गर्नु हुन्न । यदि त्यसो भएको खण्डमा यसको माधुर्यता रहने छैन । आवेशमा आएर गरिएको निर्णयले वैवाहिक जीवनको सम्बन्धमा रिस अत्यधिक बढी र प्रेममा कमी हुन सक्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : २२ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले