छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे « Khabarhub

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५–२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस आधारमा सिक्लेसमा दैनिक औसत ५२४ जना पर्यटक भित्रिएका उनको भनाइ छ ।

गाउँ पुगेका पर्यटकमध्ये अधिकांशले सिक्लेसको बसाइँपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रा तय गर्ने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

छ दिनको पर्यटक आवागमनको विवरणअनुसार सबैभन्दा बढी पर्यटक कात्तिक १८ गते सिक्लेस पुगेका छन् । सो दिन एकैपटक ७१९ जना पर्यटक गाउँ पुगेका थिए भने सबैभन्दा कम कात्तिक १५ गते २५४ जना यहाँ पुगेका वडाध्यक्ष गुरुङले जानकारी दिए ।

पर्यटकको यस्तो उत्साहजनक आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा नयाँ उत्साह थपेको उनले बताए । कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किमीको दूरीमा पर्यटकीय गाउँ सिक्लेस अवस्थित छ । यस गाउँमा करिब ४०० घरधुरी छन् । यहाँ गुरुङ समुदायको बाहुल्यता छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ९ : ५१ बजे

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई

भोजपुरको पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आकर्षण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन