उदयपुरको एक परिवारमा अज्ञात रोगको प्रकोप, वंश नै नाश हुने खतरा ! « Khabarhub

उदयपुरको एक परिवारमा अज्ञात रोगको प्रकोप, वंश नै नाश हुने खतरा !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाईघाट– उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एक परिवार एकैखाले रोगबाट ग्रसित भएको छ ।  शरीर काम्ने र हल्लिने यो राेगबाट परिवारका २ जना सदस्य दुर्गाबहादुर समाल मगर र उनकी श्रीमती अम्बिका समाल मगरको  मृत्यु भइसकेको छ ।

यो परिवार विगत ५ वर्षदेखि अज्ञात रोगबाट पीडित छ ।  यो रोगबाट परिवारका जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएको छ । स्थानीय छिमेकी कृष्णबहादुर मगरले समाल मगरको सम्पूर्ण परिवार नै यो रोगबाट ग्रसित रहेको सुनाए ।

एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको छिमेकी कृषबहादुर बताउँछन्नु ।

शुरुमा ५ वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले सताएको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले बताए ।

दुर्गाबहादुर मलेसियाबाट घर फर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने भएपछि पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगरले बताए ।

त्यसपछि दुर्गाबहादुर मगरकी श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको १ वर्षमा अम्बिकाको पनि मृत्यु भएको छिमेकीहरु बताउँछन् ।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका ९ जना सदस्य  सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ५६ बजे

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात

अमेरिका–इरान समजदारी पत्र अन्तिम होइन : इरान

तेहरान – इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई

बाबुरामको प्रतिक्रिया : बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी

बजेटबारे संसद्का एकमात्रै पूर्वअर्थमन्त्री पुनले भने : मध्यम वर्ग प्राथमिकता, तल्लो वर्गलाई उपेक्षा

काठमाडाैं – पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता

सिद्धार्थ राजमार्ग : बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने

गण्डकी – सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्ग का रुपमा