छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नागरिक प्रशासन कार्यालयबाट पक्राउ « Khabarhub

छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नागरिक प्रशासन कार्यालयबाट पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– गलत विवरण पेश गरी आफ्नो छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेलीलाई प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाटै आफूले प्राप्त गरेको नागरिकता साथमा लिएर गएका उनलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगएको हो ।

तेलीले गलत विवरण बनाएर २०६३ सालमा आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए । उनी भारतीय नागरिक भएको उजुरी परेपछि गृह मन्त्रालयले २० पुस २०६८ मा उनको नागरिकता बदर गरिदिएको थियो ।

तेली बदर भएको नागरिकता बोकेर आफ्नो छोराको नाममा नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेपछि पक्राउ गरेका हुन् ।

तेली यसअघि पनि नक्कली विवरण देखाएर नागरिकता लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ४९ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,