यी ५ ‘स्टार’ खेलाडी, जो पहिलोपल्ट विश्वकप क्रिकेट खेल्दैछन् « Khabarhub

यी ५ ‘स्टार’ खेलाडी, जो पहिलोपल्ट विश्वकप क्रिकेट खेल्दैछन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अर्को महिनादेखि इङ्गल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष विश्व कप क्रिकेटका लागि १० वटै सहभागी राष्ट्रले टिम घोषणा गरिसकेका छन् । यो वर्षको विश्वकपमा कतिपय टिमले पुरानै खेलाडीलाई स्थान दिइरहँदा केही टिमहरुले भने युवा खेलाडीलाई पनि स्थान दिएका छन् ।

१० देशमध्ये ५ देशले नयाँ खेलाडीलाई डेब्यूको अवसर दिएका छन् । जसमा भारतका जस्प्रीत बुमराह, अफगानिस्तानका राशिद खान, वेस्ट इन्डिजका शिमरोन हेटमेयर, अस्ट्रेलियाका ज्हेया रिचार्डसन र पाकिस्तानका बाबर आजम छन् ।

जस्प्रीत बुमराह (भारत)

भारतीय राष्ट्रिय टोलीबाट सन् २०१६ को एकदिवसीयमा डेब्यू गरेका जस्प्रीत बुमराह यसपटकको विश्वकप क्रिकेटमा डेब्यू गर्दैछन् । २५ वर्षे बुमराह आईसीसी एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) बलिङ बरियतामा शीर्ष स्थानका खेलाडी हुन् ।

३ वर्षको छोटो समयमा आफूलाई एकदिवसीयको विश्व नम्बर १ बलर बनाउन सफल उनी विश्वकपमा भारतीय टोलीका लागि भरपर्दा खेलाडी हुन् । उनले २०१८ मा खेलेका १३ एकदिवसीय खेलमा २२ विकेट लिइसकेका छन् । उनी विश्वकपमा भारतका लागि महत्वपूर्ण बलर हुन् ।

शिमरोन हेटमेयर (वेष्ट इन्डिज)

वेस्ट इन्डिजका शिमरोन हेटमेयर पनि इङ्गल्यान्ड विश्वकपमा डेब्यू गर्दैछन् । मिडिल अर्डरमा ब्याटिङ गर्ने उनी वेस्ट इन्डिजका लागि महत्वपूर्ण खेलाडी हुन् । एकदिवसीय प्रतियोगितामा २५ खेल खेलेका उनी ९ सय रनको नजिक रहेको आईसीसीले जनाएको छ । ४ शतक प्रहार गरेका उनको औषत इकोनोमि ४०.८६ को रहेको छ ।
सन् २०१५–१६ मा वेस्ट इन्डिजलाई यू– १९ विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले इङ्गल्यान्ड विश्वकप छनोटका क्रममा टिमका लागि स्थिर प्रदर्शन गर्दै विश्वकपमा पुर्‍याउन सहयोग गरेका थिए ।

जाई रिचार्डसन (अस्ट्रेलिया)

जाई रिचार्डसन अस्ट्रेलियाका लागि महत्वपूर्ण खेलाडी हुन् । उनका लागि पनि यो विश्वकप डेब्यू प्रतियोगिता हो । यद्यपि उनले अहिलेसम्म १२ ओडीआई खेल मात्रै खेलेका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले ओडीआईमा विश्वका नम्बर १ ब्याट्सम्यान विराट कोहलीलाई आउट गरिसकेका छन् । २२ वर्षे उनले अहिलेसम्म २४ विकेट लिएका छन् ।

बाबर अजाम (पाकिस्तान)

इङ्गल्यान्ड र वेल्स विश्वकपमा पाकिस्तानको राष्ट्रिय टोलीबाट बाबर अजामले डेब्यू गर्दैछन् । २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले अहिलेसम्मका ५९ ओडीआई खेलमा २५ रनको हाराहारीमा रन बनाइसकेका छन् ।

आईसीसीको ओडीआई बरियतामा अजाम शीर्ष सातौं स्थानमा छन् । पाकिस्ताका लागि स्थिर भएर खेल्न सक्ने उनीबाट पाकिस्ताले पनि निकै धेरै अपेक्षा गरेको छ ।

राशिद खान (अफगानिस्तान)

२० वर्षीय अफगानिस्तानका स्पिनर राशिद खान विश्वकपका सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन् । कम उमेरका भएपनि राशिदले अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बनाइसकेका छन् ।

सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनी विश्वकपमा सबैले हेर्न चाहेका खेलाडी हुन् । उनले ५७ ओडीआईमा १ सय २३ विकेट लिइसकका छन् ।

–आईसीसीको सहयोगमा

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ४३ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा