विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा | Khabarhub Khabarhub

विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बनमा परेका छन् । एअरलाइन्सका प्रवक्तासमेत रहेका लामालाई नेपाल एयरलाइन्सको दुबई उडान स्थगित भएपछि दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको थियो ।

लामाले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले तत्कालका लागि उनको लाइसेन्स ‘सस्पेन्स’ गरिदिएको हो ।

लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरणको सेफ्टी हेर्ने विभागले चासो जनाएको थियो । महासचिव सञ्जिव गौतमका अनुसार लामाले प्रवक्ताबाट नहटेसम्म जहाज उडाउन नदिने निर्णय गरेको छ ।

यता लामाले भने आफूले अनौपचारिक जानकारी पाए पनि यसबारेमा आधिकारिक पत्र नपाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ५२ बजे

रविको बयान : कारोबार गर्दा मेरो खातामा २७ करोड देखियो, त्यो गैरकानुनी आम्दानी होइन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

मधेसमा क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू

जनकपुर – मधेस प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना

रवि पक्राउ परेपछि बालेनको सहयोग माग्न पुगेका थिए रास्वपा नेता

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते सभापति रवि

‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !

काठमाडौं– नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा