जनसङ्ख्याको चाप थेग्न नसकेपछि राजधानी नै सार्ने मनशायमा इण्डोनेशिया « Khabarhub

जनसङ्ख्याको चाप थेग्न नसकेपछि राजधानी नै सार्ने मनशायमा इण्डोनेशिया


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया– इण्डोनेशियाले अब आफ्नो राजधानीलाई जकार्ताबाट अन्यत्र सार्ने भएको छ । राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले हाल जाभा टापुमा रहेको राजधानी जकार्तामा जनसङ्ख्याको चाप उच्च रहेकाले राजधानी अन्यत्र सार्ने योजना अघि सारेका हुन् ।

त्यहाँका योजनामन्त्री बामबाङ ब्रोदजोनेगोरोले राजधानी जनसङ्ख्याको चाप उच्च रहेको जाभा टापुबाट अन्यत्र सार्न राष्ट्रपनि विदोदोले निर्देशन दिएको जनाएका हुन् ।

उनले यद्यपि सरकारले हालसम्म नयाँ राजधानीको ठेगाना  निर्क्यौल गरिनसकेको जनाएका छन् । जाभा टापुको उत्तरी तटमा रहेको राजधानी जकर्तालाई अन्यत्र सार्न भने कम्तीमा १० वर्ष लाग्ने योजनामन्त्रीको भनाइ छ ।

यसअघि मलेशिया, कजाखस्तान, ब्राजिल लगायतका मुलुकले पनि राजधानी सारेको उल्लेख गर्दै योजनामन्त्री ब्रोदजोनेगोरोले दक्षिणपूर्वी एशियाको सबैभन्दा महत्वपूर्ण आर्थिक केन्द्रका रुपमा रहेको इण्डोनेशियाले पनि राजधानी अन्यत्र सार्ने योजना अघि सारेको जनाएका हुन् ।

केबल १ लाख २८ हजार वर्गाकिलोमिटरको जाभा टापुको जनसङ्ख्या साढे १४ करोड रहेको अनुमान छ । जाभा टापु संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ४५ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको