एसिडिटीबाट बच्न चाहनुहुन्छ ? यी सात खाद्य पदार्थमा विशेष ध्यान दिनुहोस् « Khabarhub

एसिडिटीबाट बच्न चाहनुहुन्छ ? यी सात खाद्य पदार्थमा विशेष ध्यान दिनुहोस्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हामी सबैमा हेभी डाइट खाएपछि मनमा सन्तुष्टि मिल्ने गर्छ । तर यस्ता हेभी डाइटले हाम्रो स्वास्थ्यमा पार्ने असरबारे खासै चासो राख्दैनौँ । हेभी डाइट खाना खाएपछि कयौँ पटक हाम्रो टाउको दुख्ने गर्छ । त्यस्तै, अमिलो डकार समेत आउने गर्छ ।

हामीले खाने खानाका कारण यस्ता समस्याहरु देखा पर्छन्, जसले तपाईंलाई एसिडिटी हुन सक्छ । केही अम्लिय खाद्य पदार्थका कारण एसिडिटी हुने गर्छ । यस्ता खाने कुरालाई सहज रुपमा हाम्रो शरीरले पचाउन सक्दैन । हामीले खाएको खाना पेटमा सजिलैसँग पच्न नपाउँदा एसिडिटी हुने गर्छ ।

एसिडिटी हुनबाट जोगिन तपाईंले सहजै पच्न सक्ने खाना खानुभयो भने पेटमा एसिडको मात्रा नियन्त्रण हुन सक्छ । केही यस्ता खाना छन् जसले तपाईंमा एसिडिटीको कारण बन्न सक्छन् । एसिडिटी हुने खाद्य पदार्थबारे जानकारी लिऊँ ।

१. चकलेट

चकलेट मन नपराउँने व्यक्ति सायदै होलान् । तर, चकलेटले तपाईंको पेटमा असर पु¥याउने छ । एसिड अर्थात अम्लियपनबाट पीडित व्यक्तिका लागि यो झनै हानिकारक हुन्छ । यसमा कफी तथा थियोब्रोमाइन जस्ता पदार्थ हुन्छन् । जसले अम्लियपन बढाउने गर्छ ।

त्यस्तै, चकलेटमा अत्यधिक बोसो र अतिरिक्त कोको सामग्री हुन्छ । यसले पनि अम्लियपन बढाउने भएकाले तपाईंको शरीरलाई असहज महसुस गराउँछ । यहाँ तपाईंलाई चकलेट खान बन्द गर्नु भन्न खोजिएको होइन । यद्यपि, स्वास्थ्यमा आइपर्ने समस्याबाट बच्नका लागि भने सचेत गराउन खोजिएको हो ।

२. सोडा

पेटमा एसिड अर्थात अम्लियपन बढाउनुको पछाडि सोडा तथा अन्य कार्बोनेटेड पेय पदार्थको मुख्य भूमिका हुन्छ । जसले गर्दा पेट पोल्न थाल्छ । यस्तै, सोडामा कफी पनि हुने भएकाले यसले पेटमा एसिड बनाउन भूमिका खेल्ने गर्छ ।

३. मादक पदार्थ

बियर तथा वाइनजस्ता मादक पदार्थको सेवनले पेटमा ग्यास्ट्रिक एसिड बढेर जान्छ । मादक पदार्थले शरीरको पानी सोसेर एसिडको मात्रा बढाइ दिन्छ । यदि तपाईं बियर तथा वाइन लिँदै हुनुहुन्छ भने त्यसमा सोडा अथवा कार्बोनेटड पेय पदार्थ नमिसाउँदा उपयुक्त हुन्छ ।

४. कफी

एक दिनमा तपाईंले एक कप कफी अथवा चिया पिउनु शरीरका लागि ठिकै हो । तर, एकभन्दा बढी पटक कफी अथवा चिया पिउनु हुन्छ भने तपाईं एसिडिटीको शिकार बन्नु हुनेछ ।  त्यस्तै, तपाईं कफी अथवा चिया पिउँदै हुनुहुन्छ भने कहिल्यै खाली पेट नपिउनु होला । खाली पेटमा कफी अथवा चिया पिउनाले पनि एसिडिटी बढाउँछ ।

५. मसालेदार खाना

मसालेदार खानाको धेरै प्रयोगले पनि हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्ने गर्छ । खुर्सानी, गमरम मसला तथा कालो मरिच सबैमा प्राकृतिक हिसाबमै एसिडिटी हुन्छ । तर, तपाईंले यसको प्रयोग सीमित मात्रामा गर्नुभयो भने फाइदाजनक नै हुन्छ ।

६.बोसोदार खाना

बोसो भएको खानामा अत्यधिक अम्ल हुन्छ । बोसो भएका खाना पचाउन लामो समय लाग्छ । जसले गर्दा एसिडिटी हुने सम्भावना अत्यधिक बढेर जान्छ । त्यसैले तेलमा तारिएको खाना तथा मासु खानबाट बच्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यस्ता खाना पाचनका लागि धेरै समय लाग्ने भएकाले सकेसम्म कम खाँदा नै लाभदायक हुन्छ ।

७. अमिलो फलफुल

फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा कुनै शंका छैन । तर केही अमिलो फल तपाईंले खाली पेटमा खानु भयो भने त्यो एसिडिटी हुनुको कारण बन्न सक्छ । सुन्तला, जुनार, कागती जस्ता फलमा अत्यधिक अम्लियपन हुने भएकाले यसले तपाईंको पेटमा जलन गराउँछ । कहिल्यै पनि यी फलहरु खाली पेटमा खानु उपयुक्त हुँदैन ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : ५६ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ