सूचना प्रविधि सम्बन्धी विधेयकमाथि विकास समितिमा छलफल « Khabarhub

सूचना प्रविधि सम्बन्धी विधेयकमाथि विकास समितिमा छलफल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि प्रारम्भिक छलफल शुरु भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल शुरु गरिएको हो । छलफलमा भाग लिँदै समितिका सदस्यहरुले सूचना, प्रविधिका कारण हुने महिला हत्या, हिंसालगायतका जघन्य अपराध नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए ।

समितिकी सदस्य इन्दुकुमारी शर्माले महिला हत्या, हिंसालगायतका अपराधका घटना हुन नदिने गरी आवश्यक सूचना प्रविधि सम्बन्धी कानूनको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सूचना प्रविधिलाई नियन्त्रण गर्ने भन्दा पनि त्यसको दूरुपयोग हुन नदिने गरी कानून निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

समितिका अर्का सदस्य केदार सिग्देलले सूचना प्रविधिको दुरुपयोग हुन नदिन सरकारलाई सचेत गराए । उनले सूचना प्रविधिको दुरुपयोगबाट हुने अपराधजन्य घटना नियन्त्रणको नाममा सूचना प्रविधिमाथि नै प्रतिबन्ध लगाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले ल्याएको सो विधेयक सूचना प्रविधिलाई नै नियन्त्रण गर्ने गरी आएको भन्दै आलोचना गर्न पनि शुरु गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित