गिर्जाघरमा बन्दुकधारीबाट आक्रमण, ५ जना मारिए « Khabarhub

गिर्जाघरमा बन्दुकधारीबाट आक्रमण, ५ जना मारिए


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो– अफ्रिकी मुलुक बुर्किना फासोमा गिर्जाघरमा गोली चल्दा एक पादरीसहित कम्तीमा ५ जनाको ज्यान गएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा रहेको जिबो शहरनजिक बन्दुकधारीको एक समूहले गिर्जाघरमा प्रवेश गरी जथाभावी गोली चलाएको बताइएको छ ।

घटनामा मारिनेमा चार जना भक्त र एक पादरी रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक बन्दुकधारीले अरु २ जनालाई अपहरण गरी लगेका छन् ।

बुर्किना फासोमा मुसलमान र इसाई धर्मावलम्बीबीच धार्मिक कलह शुरु भएयता कुनै गिर्जाघरमा गराइएको यो पहिलो आक्रमण हो । आक्रमणको कुन समूहको सहभागिता थियो र के मनशायले आक्रमण गरियो भन्ने हालसम्म स्पष्ट नभइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम अफ्रिकामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदासँग आबद्ध धेरै लडाकु समूहहरुले बेला बेला सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ५५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा