सन् २०१६ ढाका आक्रमणमा संलग्न दुई संदिग्ध मारिए « Khabarhub

सन् २०१६ ढाका आक्रमणमा संलग्न दुई संदिग्ध मारिए


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेश– सन् २०१६ मा बंगलादेशको राजधानी ढाकामा भएको बम आक्रमणमा संलग्न रहेकामध्ये दुई संदिग्ध सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । सुरक्षाकर्मीको कारवाहीमा राजधानी ढाकाको मोहम्मदपुरमा रहेको एक घरमा लुकेर बसेको अवस्थामा दुई संदिग्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस स्थानमा जमात अल मुजाहिद्दिन बंगलादेशका लडाकु लुकेर बसेको गोप्य सूचनाका आधारमा छापा मारिएको र सोही कारवाहीमा उनीहरु मारिएका हुन् । प्रहरीले त्यस घरका मालिकलाई गिरफ्तार गरी सोधपुछ चलिरहेको जनाएको छ ।

सन् २०१६ मा ढाकाको एक क्याफेमा बन्दुकधारी पसेर मानिसहरुलाई बन्दी बनाइ गोली हानी अधिकांश विदेशी पर्यटकसहित २२ जनाको ज्यान गएको थियो ।

आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएपनि बंगलादेशी अधिकारीले भने आक्रमणमा जमात अल मुजाहिद्दिन बंगलादेशको हात रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : १० बजे

मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन

काठमाडौं– श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का

काठमाडौं–४ मा रास्वपाका पुकार ८ हजार ७६० मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

झापा-३ मतगणना अपडेट : रास्वपाका पाठकको अग्रता, राप्रपा अध्यक्ष लिङ्देन दोस्रो

काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

दोलखामा जिरीबाट सुरु भयो मतगणना

दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु

ताप्लेजुङमा एमालेका थेबे तेस्रो

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज