१२ वर्षीया बालिकासहित ७ जनाको विभत्स हत्या गर्ने माइकल पक्राउ « Khabarhub

१२ वर्षीया बालिकासहित ७ जनाको विभत्स हत्या गर्ने माइकल पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको टेनिसी राज्यमा ७ जनाको श्रृङ्खलाबद्ध हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

टेनिसी राज्यको नाशभिल शहरबाट ४० किलोमिटर उत्तरपूर्व टाढा वेष्टमोरल्याण्ड गाउँमा प्रहरीले गोली हानी घाइते बनाएर संदिग्धलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २५ वर्षे माइकल कमिन्स छन् ।

पक्राउ पर्नेले ७ जनाको श्रृङ्खलाबद्ध तरिकाले विभत्स हत्या गरेको अधिकारीले जनाएका छन् । उनले हत्या गरेकामध्ये केही उनका आफन्त र एकजना १२ वर्षे बालिका पनि छन् ।

शनिबार स्थानीयले सम्पर्क गरेपछि प्रहरीले खोजतलास गर्दा शुरुमा २ जनाको शव फेला पारेको र त्यसको केही घण्टापछि एकपछि अर्को गरी विभिन्न दुई घरमा ७ जनाको शव विभत्स अवस्थामा फेला परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि संदिग्ध हत्याराको पहिचान गरी व्यापक खोजी अभियान थालेको थियो । सोही क्रममा उनलाई टेनिसी र केन्टकी राज्यको सीमानजिक ग्रामिण क्षेत्रमा फेला पारिएको र प्रहरीले गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको बताइएको छ ।

उनले ती ७ जनाको किन हत्या गरे भन्ने स्पष्ट नभइसकेको प्रहरीले जनाएको छ । यद्यपि उनी यसअघि पनि एक आपराधिक घटनामा दोषी ठहर भई सजाय काटिसकेका व्यक्ती भएको टेनिसी राज्यका सरकारी वकिल कार्यालयका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : १७ बजे

रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय