जनप्रतिनिधिद्वारा कार्यालयमा ताला « Khabarhub

जनप्रतिनिधिद्वारा कार्यालयमा ताला


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सप्तरी- सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् ।

गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहनुभएका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताए । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भने ।

नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख भएका थिए । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बसेका थिए ।

निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ३३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको