जनप्रतिनिधिद्वारा कार्यालयमा ताला « Khabarhub

जनप्रतिनिधिद्वारा कार्यालयमा ताला


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सप्तरी- सप्तकोशी नगरपालिकाका जनप्रतिनिधिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नगर उपप्रमुख आशा चौधरीको नेतृत्वमा पुगेको वडाध्यक्षसहितको टोलीले जनप्रतिनिधिले जनताको काम रोकेको भन्दै तालाबन्दी गरेका हुन् ।

गत पुसदेखि निमित्त कार्यालय प्रमुख रहनुभएका चौधरीले व्यक्तिगत अपेक्षा पूरा नभएपछि जनताको काम रोकी नगरपालिकाको कामकाज प्रभावित बनाएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वडा नं १ का वडाध्यक्ष नारायण आचार्यले बताए । “काम नगरेकाले तालाबन्दी गरेका हौँ”, आचार्यले भने ।

नगरपालिकाका कार्यालय प्रमुख राजकपुर चौलागाईं सरुवा भई अन्यत्र गएपछि शिक्षा शाखाका उपसचिव चौधरी निमित्त कार्यालय प्रमुख भएका थिए । वडा सदस्य जाहिर हुसेनका अनुसार चौधरी कार्यालय प्रमुख भएका बेलाका ३९ योजना र सम्झौता अधुरै छन् ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा चैत १८ गते कार्यालयमा हाजिर भएलगत्तै वासुदेव रेग्मीले पनि चौधरीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएर बिदामा बसेका थिए ।

निमित्त कार्यालय प्रमुख चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको र आफूले आर्थिक कारोवार गर्ने अख्तियारी नपाएकाले काम गर्न नसकिएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ३३ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको